मच्छेन्द्रनाथको रथ लगनखेलमा, आज नरिवल खसाल्ने जात्रा (एघार तस्बीर)
काठमाडौं, जेठ २ : मच्छेन्द्रनाथको रथ लगनखेल पुगेको छ। आज साँझ नरिवल खसाल्ने जात्रा मनाउँन लागिएको छ।
मच्छेन्द्रनाथको रथ हिजो लगनखेल पुगेको ह....
काठमाडौं, जेठ २ : मच्छेन्द्रनाथको रथ लगनखेल पुगेको छ। आज साँझ नरिवल खसाल्ने जात्रा मनाउँन लागिएको छ।
मच्छेन्द्रनाथको रथ हिजो लगनखेल पुगेको हो। स्थानीय बासिन्दाले धुमधामका साथ रथ तानेका थिए। मच्छेन्द्रनाथको रथयात्रामा कयौं स्थानीय बासिन्दा सहभागी थिए।
लगनखेल पुगेको रथको टुप्पोबाट आज साँझ नरिवल खसाल्ने गरिन्छ। त्यसअघि चारैतिर योमरी खसाल्ने गरिन्छ। योमरी खसालेपछि देशमा सुख, शान्ती छाउने विश्वास गरिन्छ। यसका लागि तयारी सुरू भएको छ। रथको टुप्पोबाट खसालिने योमरी बनाउन थालिएको छ।
त्यस्तै, मच्छेन्द्रनाथको रथलाई पनि लगनखेलको थटिटोलमा लगिएको छ। त्यही रथको टुप्पोबाट योमरी र नरिवल खसालिने छ।
थटिटोल लग्न अघिका केही दृश्य :