Kathmandu Press

सीपीएलको ड्राफ्टमा सन्दीपसहित चार नेपाली खेलाडी

काठमाडौं, जेठ २ : क्यारिबियन प्रिमियर लिग (सीपीएल)को ड्राफ्टमा सन्दीप लामिछानेसहित चार नेपाली खेलाडी परेका छन्।

यस वर्ष आयोजना हुने सीपीएलको....

सीपीएलको ड्राफ्टमा सन्दीपसहित चार नेपाली खेलाडी
एजेन्सी

काठमाडौं, जेठ २ : क्यारिबियन प्रिमियर लिग (सीपीएल)को ड्राफ्टमा सन्दीप लामिछानेसहित चार नेपाली खेलाडी परेका छन्।

यस वर्ष आयोजना हुने सीपीएलको ड्राफ्ट सार्वजनिक गरिएको छ। जसमा नेपालबाट सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका छन्।

दीपेन्द्रसिंह ऐरी।

सन्दीपले गत वर्षको सीपीएल खेलिसकेका छन्। उनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबाट खेलेका थिए। सीपीएलमा उनको राम्रो प्रदर्शन गरेको थियो।

दीपेन्द्र, सोमपाल र रोहितले पनि राष्ट्रिय स्तरमै चर्चा कमाइसकेका छन्। उनीहरू राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गरिरहेका छन्।

सोमपाल कामी।

सीपीएलको ड्राफ्टमा २० देशका पाँच सय ३६ खेलाडी छन्। जसमा भारत, अष्ट्रेलिया, पाकिस्तान, इग्ल्यान्ड, साउथ अफ्रिका, श्रीलंकासहित २० देशका चर्चित खेलाडी छन्। यो ड्राफ्टबाट मे २२ मा खेलाडी छनोट हुनेछन्। खेलाडीको अक्सन लन्डनमा हुनेछ।

रोहितकुमार पौडेल।

यो प्रतियोगिता अगस्त २१ देखि सेप्टेम्बर २७ सम्म हुनेछ। प्रतियोगितामा ६ टिम प्रतिस्पर्धा गर्ने छन्।

 

प्रकाशित मिति: १०:५० बजे, बिहीबार, जेठ २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्