इन्दिरा जोशीले ल्याइन् ‘बेग हानी गाको’
काठमाडौं, पुस २१ : चर्चित गायिका इन्दिरा जोशीले नयाँ गीत ‘बेग हानी गाको’ ल्याएकी छिन्।उनको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। श्रीकृष्ण बम...काठमाडौं, पुस २१ : चर्चित गायिका इन्दिरा जोशीले नयाँ गीत ‘बेग हानी गाको’ ल्याएकी छिन्।
उनको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा उनले नै अभिनय गरेकी छिन्।
यस गीतमा अन्तरजातीय प्रेम कथालाई प्रस्तुत गरिएको छ। यसमा इन्दिरासँगै कविता आले, बिनोद भट्टराई र मिश्री थापाको पनि अभिनय रहेको छ।
म्युजिक भिडियो शिवराम श्रेष्ठले छायाँकन गरेका हुन्। एलिन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: १२:५० बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












