नयाँ अध्ययन भन्छ, 'चन्द्रमामा पनि भूकम्प गएकाे छ'
पचास वर्षअघि अपोलोले जून (चन्द्रमा) को सतहमा भूकम्प नाप्ने सिस्मोमिटर छोडेकाे थियाे। जूनमा हलचल भइरहेको उनीहरूले पत्ता लगाएका थिए। त्यतिवेला चन्द्रमाकाे....
पचास वर्षअघि अपोलोले जून (चन्द्रमा) को सतहमा भूकम्प नाप्ने सिस्मोमिटर छोडेकाे थियाे। जूनमा हलचल भइरहेको उनीहरूले पत्ता लगाएका थिए। त्यतिवेला चन्द्रमाकाे सतहमुनि निकै गहिराइमा पृथ्वीको गुरूत्वाकर्षणले कम्पन सिर्जना गरेको अनुमान गरियो। प्रत्येक दुई सातामा घाम उदाउँदा जूनको चिसो सतह विस्तार हुने गरेकाले अन्य कम्पन भएका थिए।
सतहभन्दा केही तल हल्का ‘मूनक्वेक’ पनि आए। यी कम्पनको चित्तबुझ्दो जवाफ भेटिएन। तर ‘नेचर जियोसाइन्स’मा सोमबार प्रकाशित अध्ययन अनुसार आन्तरिक ताप निस्कने र पृथ्वीको गुरूत्वाकर्षणले असंख्य ‘यङ फल्ट्स’भरि कम्पन गएको औंल्याएको छ।
यो आविष्कारले जून ‘टेक्टोनिक’ रूपले अझै सक्रिय रहेको देखाउँछ। जूनको भावी आधार शिविर ती स–साना भूकम्पको जोखिम हुने सम्भावना पनि बढाउँछ। यसले जूनको उद्वविकासबारे पनि प्रश्न उठाउँछ।
यो आविष्कारले जून ‘टेक्टोनिक’ रूपले अझै सक्रिय रहेको देखाउँछ। जूनको भावी आधार शिविर ती स–साना भूकम्पको जोखिम हुने सम्भावना पनि बढाउँछ। यसले जूनको उद्वविकासबारे पनि प्रश्न उठाउँछ।
करिब चार अर्ब वर्ष पहिले भएको कुनै हिंसात्मक प्रभावबाट जून बनेको अनुमान गरिन्छ। यसको आकार पृथ्वीको एक चौथाइ व्यासभन्दा केही ठूलो छ। सानो आकारकै कारण जूनमा भएको कुनै आन्तरिक ताप लामो समयअघि नै निस्किसकेको विश्वास गरिन्छ। फलस्वरूप अधिकांश प्रमुख भौगोलिक गतिविधिको ‘ड्राइभिङ इन्जिन’ बन्द भइसकेको हुनुपर्छ। तर, नयाँ प्रमाणले भने अझै सक्रिय भएको देखिन्छ।
स्मिथसोनियन इन्स्टिट्युसनको नेसनल एयर एन्ड स्पेस म्युजियमका वैज्ञानिक तथा प्रतिवेदनका मुख्य लेखक थोमस वाटर्सले नयाँ निष्कर्ष ‘ढुंगाले बनेका संरचनाहरू कसरी सेलाउँछन् भन्ने परम्परागत ज्ञान’ विपरित भएको बताए।
नासाको ‘लुनार रिकनसान्स ओर्बिटर’ले पाँच करोड वर्ष जति पुराना ‘फल्ट्स’का केही नयाँ प्रमाण फेला पारेपछि सन् २०१० मा अध्ययन गर्ने उत्साह सुरू भयो। डा. वाटर्स र उनका सहकर्मीहरू ती ‘फल्ट्स’ अझै सक्रिय भएकोमा शंका गर्छन्।
समूहले ती भूकम्पका करण सतहमा हुने कम्पन ‘सिमुलेट’ पनि गरे। ‘फल्ट’भन्दा १९ मिल टाढासम्म शक्तिशाली कम्पन गएको पत्ता लगाए। ‘मूनक्वेक’का ओठोटा केन्द्रविन्दु यही दूरीभित्र थिए। यसले पनि ती भूकम्प ‘यङ फल्ट्स’ले नै सिर्जना गरेको बलियो संकेत गर्छ।
सन् १९६९ र १९७७ बीचमा, अपोलो अवतरण क्षेत्रको चारोटा क्षेत्रमा सिस्मोमिटरले २८ ओटा साना भूकम्प पहिचान गरेको थियो। तर, उपकरणलाई रणनीतिक रूपमा नराखिएकाले, ती भूकम्पको स्थान निर्धारण गर्न प्रयोग गरिएको विधि अनिश्चितताले भरिएको थियो।
‘लकस्मिथ’ नामक ‘एल्गोरिदम’ को सहयोगमा डा. वाटर्सको समूहले भूकम्पको मूल निर्धारण गर्न तिनै अनिश्चितताको प्रयोग गरे। नासाको ओर्बिटरले पत्ता लगाएको केही ‘यङ फल्ट्स’ नजिकै थुप्रै ‘मूनक्वेक’ गएको उनीहरूले पत्ता लगाए।
समूहले ती भूकम्पका करण सतहमा हुने कम्पन ‘सिमुलेट’ पनि गरे। ‘फल्ट’भन्दा १९ मिल टाढासम्म शक्तिशाली कम्पन गएको पत्ता लगाए। ‘मूनक्वेक’का ओठोटा केन्द्रविन्दु यही दूरीभित्र थिए। यसले पनि ती भूकम्प ‘यङ फल्ट्स’ले नै सिर्जना गरेको बलियो संकेत गर्छ।
ती ‘फल्ट’ ‘थ्रस्ट फल्ट’ भन्ने वर्गमा पर्दछन्। यसमा कुनै भौगोलिक ‘ब्लक’ गुरूत्वाकर्षणभन्दा विपरित उकालो सर्दछ। वरपरका क्षेत्र खाँदिन्छ। जूनको ‘थ्रस्ट फल्ट’ सम्पूर्ण वृत्त नै खुम्चिदैं गएको संकेत हो। यसले आन्तरिक ताप गुमाउँदै गएको छ। यसरी सेलाउँदै र खुम्चिँदै पनि गएको छ। मर्करी पनि उस्तै प्रक्रियाबाट गुज्रिरहेको छ।
तर यो खुम्चिने क्रममात्रै भइरहेको भए, ‘थ्रस्ट–फल्टिङ’ र साना भूकम्पहरू अनियमित वितरण हुन्थे। पृथ्वीको गुरूत्वाकर्षण शक्तिले यो विश्वव्यापी खुम्च्याइमा ध्यान केन्द्रित गर्न र यसलाई कम ‘अनियमित’ गर्न सहयोग गरिरहेको समूहको गणितीय मोडेलले खुलाएको छ। जूनले कक्षमा परिक्रमा गर्दा विभिन्न समयमा जूनको सतहको विशेष भागमा ‘फल्ट स्लिपेज’ हुन्छन्।
समूहले सन् १९६९ देखि १९७७ सम्म जून र पृथ्वीको अवस्था मुल्याङ्कन गरेको छ। सेलाउने गतिविधिले निम्त्याएको खुम्च्याइ र पृथ्वीको ज्वारभाटाको संयोजन नै कारण भएको भए ती ‘फल्ट’को अवस्थाले साना ‘मूनक्वेक’ जान्छ भनेर भन्ने अवस्था हुने उनीहरूले पत्ता लगाए। ती ‘फल्ट’ नजिकै रहेका ठूला पत्थरको सतह सरेपछि यो मोडेल अझ बलियो भएको देखिन्छ। यो प्रमाणले जून ‘टेक्टोनिकली एक्टिभ’ भएको अध्ययनको निष्कर्ष छ।
पृथ्वीमा ‘टेक्टोनिक्स’ शब्द बहुसंख्यक ‘टेक्टोनिक प्लेट’सँग जोडिन पुगेको छ। तर ‘टेक्टोनिक्स’ भन्नाले ठूलो परिमाणका प्रक्रियालाई बुझिन्छ। यसमा सतही संरचनाको उद्विकास प्रभाव पार्ने तापको क्षति गराउने प्रक्रिया पनि पर्ने केन हडनटले भने। उनी युएस जियोलोजिकल सर्भेका जियोफिजिसिस्ट हुन्। उनी अध्ययनमा सहभागी भएका थिएनन्। जूनमा ‘टेक्टोनिक प्लेट’ नभए पनि, समूहले प्रयोग गरेको ‘टेक्टोनिकल्ली एक्टिभ’ सही भएको र प्रशस्त प्रमाणले पुष्टि गरेको उनले बताए।
पृथ्वीले अझै पनि प्रशस्त आन्तरिक ताप अन्तरिक्षमा चुहाउँछ। यो सतहमा ज्वालामुखी विस्फोट र विशाल भूकम्पको रूपमा देखापर्छ। तर जूनममा यस्तो हुँदैन। ‘जूनको वर्तमान अवस्थाबाट हामी पृथ्वीको भावी अवस्थाबारे केही सिक्न सक्छौँ होला।’
मंगल ग्रहको ‘इनसाइट मिसन’ की सदस्य तथा ‘प्लानेटरी सिस्मोलोजिस्ट’ एन्ना होर्लिस्टोनले अध्ययन पूर्ण देखिए पनि ‘अझ धेरै सिस्मोमिटर जूनमा लगेर अझ धेरै परीक्षण गर्दा गज्जब हुने’ बताइन्। मिसनले पनि मंगलमा पहिलो ‘मार्सक्वेक’ पत्ता लगाएका छन्।