Kathmandu Press

राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाडौं, पुस २० : अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्युजिक भिडियो ‘क्या मज्जा आको’ रिलिज भएको छ। एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको...
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाडौं, पुस २० : अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्युजिक भिडियो ‘क्या मज्जा आको’ रिलिज भएको छ। 

एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियो एजिएलकै अफिसियल यूट्युब च्यानलमार्फत रिलिज भएको हो। राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजन राज र मेलिना राईको स्वर छ। रमाइलो शैलीको यो गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा छन्।

भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन्। भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाइएको छ। भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन्।

भिडियो हेर्नुस् : 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्