Kathmandu Press

बलिउड अभिनेता इरफानको अन्तिम फिल्म रिलिज हुँदै

काठमाडौं, पुस २० : क्यान्सरबाट निधन भएका बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलीज हुने भएको छ।फिल्म युनिटले उनको अन्तिम फिल्म द सन्ग्स...
बलिउड अभिनेता इरफानको अन्तिम फिल्म रिलिज हुँदै

काठमाडौं, पुस २० : क्यान्सरबाट निधन भएका बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलीज हुने भएको छ।

फिल्म युनिटले उनको अन्तिम फिल्म 'द सङ्ग्स अफ स्काेरपियन्स' रिलिज हुन लागेको जनाएको छ। यसको पोस्टर भने रिलिज गरिएको छ।

यो फिल्मको पोस्टर सार्वजनिक गर्दै बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले इरफानको फिल्म पनि चाँडै रिलिज हुने बताएका छन्।

यो फिल्मको निर्देशन अनुपम सिंहले गरेका हुन्। इरफान खानप्रति श्रदाञ्जली अर्पण गर्दै फिल्म रिलीज गर्ने तयारी गरेको जनाएको छ।

 

 

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्