Kathmandu Press

दीपक श्रेष्ठको नयाँ फिल्ममा एलिजा गौतम

काठमाडौं, पुस १९ : निर्देशक दीपक श्रेष्ठको नयाँ फिल्ममा एलिजा गौतम खेल्ने भएकी छिन्।यस फिल्मको नाम सार्वजनिक गरिएको छैन। यसमा खेल्नका लागि निर्देशक...
दीपक श्रेष्ठको नयाँ फिल्ममा एलिजा गौतम

काठमाडौं, पुस १९ : निर्देशक दीपक श्रेष्ठको नयाँ फिल्ममा एलिजा गौतम खेल्ने भएकी छिन्।

यस फिल्मको नाम सार्वजनिक गरिएको छैन। यसमा खेल्नका लागि निर्देशक श्रेष्ठले गौतमलाई अनुबन्ध गरेका छन्।

एजिजाले दुई वर्ष अघि ‘अनुराग’ फिल्ममा अभिनय गरेकी थिइन्। यो उनको दोस्रो फिल्म हो।

म्युजिक भिडियोमा अभिनय गर्दै आएकी उनले नयाँ वर्षमा नयाँ कामको सुरुआत गर्न लागेको बताएकी छिन्। नयाँ फिल्मका लागि अनुबन्ध हुँदा खुशी लागेको बताएकी छिन्।

यस फिल्ममा अभिनेताका लागि विपिन कार्कीसँग कुराकानी भइरहेको जनाएको छ।

 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्