सुनोद श्रेष्ठले ल्याए बरालिँदै हिँडे (भिडियो)
काठमाडौं, पुस १६ : मोडल सुनोद श्रेष्ठको बरालिँदै हिँडे म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियो अष्ट्रेलियाको मेल्वर्नमा छायांकन गरिएको हो। बरालिँदै हिँडे...
काठमाडौं, पुस १६ : मोडल सुनोद श्रेष्ठको बरालिँदै हिँडे म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियो अष्ट्रेलियाको मेल्वर्नमा छायांकन गरिएको हो। बरालिँदै हिँडे गीत सागरराजले लेखेका हुन् भने यसमा संगीत पनि उनकै छ।
म्युजिक भिडियोको छायांकन सुनेश श्रेष्ठ र साकार शाहीले गरेका हुन्। म्युजिक भिडियोमा सुनोदलाई एन्जी मुल्मीले साथ दिएकी छिन्। सुनोदले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। सात समुन्द्र पारी, विर्सन सक्दिनँ, तिमी र म उनका असाध्यै रुचाइएका म्युजिक भिडियो हुन्। श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रशारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन्।
अष्ट्रेलियाको टेलिभिजन एसबीएसमार्फत प्रशारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका थिए। यस्तै, हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन्। उनले च्यानल नाइनमार्फत प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रुपमा गरेको अभिनय असाध्यै चर्चित थियो। सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए।
भिडियो हेर्नुस् :












