Kathmandu Press

सलमानको 'राधे' तीन सय ४५ करोडमा बिक्री

काठमाडौं, पुस १५ : बलिउड अभिनेता सलमान खानको फिल्म राधे ? योर मोस्ट वान्टेड भाइ निर्माण नसकिँदै अत्यधिक मूल्यमा बिक्री भएको छ।कोरोना भाइरसको...
सलमानको 'राधे' तीन सय ४५ करोडमा बिक्री

काठमाडौं, पुस १५ : बलिउड अभिनेता सलमान खानको फिल्म राधे ? योर मोस्ट वान्टेड भाइ निर्माण नसकिँदै अत्यधिक मूल्यमा बिक्री भएको छ।

कोरोना भाइरसको महामारी कारण यो वर्ष सलमानका कुनै फिल्म रिलिज भएनन्। उनको नयाँ फिल्म रोधको सुटिङ सकिएको छ।

Hardik ivf

यो फिल्म सन् २०२१ को इदमा रिलिज हुने तय भएको छ। तथापि यसको रिलिज मिति घोषणा गरिएको छैन।

यो फिल्म निर्माणको अन्तिम चरणमा छ। तैपनि यो करोडौं रुपैयाँमा बिक्री भएको छ।

भारतीय मिडियाका अनुसार यसको स्याटेलाइट, थिएटर, डिजिटल र म्युजिक राइट्स दुई सय ३० करोड भारतीय रुपैयाँ अर्थात तीन सय ४५ करोड रुपैयाँमा बिक्रए भएको छ। यसलाई जी स्टुडियोजले खरिद गरेको हो।

कोरोना महामारीबीच बलिउडमा भएको यो सबैभन्दा ठूलो डिल भएको जनाएको छ।

यो फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा, गौतम गुलाटीको अभिनय रहेको छ। यसको निर्देशन प्रभु देवाले गरेका हुन्।

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्