Kathmandu Press

कवि शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार

काठमाडौं, पुस १५ : यस वर्षको देवकोटा काव्य पुरस्कार कवि शैलेन्द्र साकारलाई प्रदान गरिने भएको छ।आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान गरी देशविदेशमा...
कवि शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार

काठमाडौं, पुस १५ : यस वर्षको देवकोटा काव्य पुरस्कार कवि शैलेन्द्र साकारलाई प्रदान गरिने भएको छ।

आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान गरी देशविदेशमा नेपाली भाषा र साहित्यको गरिमा बढाएको उल्लेख गर्दै उनलाई देवकोटा काव्य पुरस्कार प्रदान गरिने भएको हो। यस पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ।

कवि साकार लामो समयदेखि नेपाली साहित्य सिर्जनामा तल्लिन छन्।

त्यस्तै, ‘भद्र घले पदक’ नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई प्रदान गरिने भएको छ।

त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने यो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्‍याएबापत दाहाललाई प्रदान गरिन लागेको जनाएको छ।

बुधबार त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्