Kathmandu Press

फिल्म ‘तीन जुङ्गे’ निर्माणकाे तयारीमा पुरन थापा

फिल्म ‘तीन जुङ्गे’ निर्माणकाे तयारीमा पुरन थापा

काठमाडौं, पुस १२ : कलाकार, निर्देशक तथा निर्माता पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा चलचित्र निर्माणको घोषणा गरेका हुन्। 

उनले ‘पिरिम पर्‍या छन्’, कान्छी मट्याङ’, ‘फेरि–फेरि’ लगायतका फिल्म र टेलिसिरियलका निर्देशन गरिसकेका छन्। माघको तेस्रो साताबाट फिल्म छायांकन हुने भएको छ। बसुन्धरा मुभीजको ब्यानरमा बन्न लागेको फिल्मलाई अमृत लम्साल र भुवन तिवारीले निर्माण गर्ने भएका छन्। 

फिल्ममा लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, रमेश मट्टारे, शिखा  सुवेदी,सुमित्रा अधिकारी, मनिषा रायमाझी, ललीत सिंह साउदलगायतको अभिनय रहनेछ। 

पुरन थापाको पनि अभिनय रहेको यस फिल्मका मुख्य अभिनेता र अभिनेत्री भने छनोट हुन बाँकी छ। शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा संगीत विनोदकुमार भुजेलको रहेको छ। फिल्ममा ललीत सिंह साउदको सम्पादन रहनेछ।
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्