Kathmandu Press

साउथ सुपरहिट 'बिक्रम बेधा'को रिमेकमा ऋतिक

साउथ सुपरहिट 'बिक्रम बेधा'को रिमेकमा ऋतिक

काठमाडौं, पुस १२ : साउथ इन्डियन सुपरहिट फिल्म 'बिक्रम बेधा'को हिन्दी रिमेकमा ऋतिक रोशनले खेल्ने भएका छन्।

यसको रिमेकका लागि आमिर खान र सैफ अली खानसँग कुराकानी गरिएको थियो। तर, आमिरले नखेल्ने भएका छन्। उनको ठाउँमा ऋतिक खेल्ने भएका हुन्।

ऋतिकसँग यो फिल्मका लागि एक महिनादेखि छलफल चलिरहेको थियो। उनले यसका लागि सहमति दिएको जनाएको छ।

यो फिल्म अघि ऋतिकले नाइट म्यानेजरको सुटिङ पूरा गर्ने भएका छन्। यो फिल्म हटस्टारमा रिलिज हुनेछ।

'बिक्रम बेधा'को रिमेकको निर्देशन पुष्कर-गायात्रीले नै गर्ने भएका छन्। दक्षिण भारतीय फिल्म 'बिक्रम बेधा'को निर्देशन पनि उनैले गरेका थिए।

 

प्रकाशित मिति: १४:३० बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्