सुमन र मेलिनाको ‘पिरती’मा नाजिर र सुशीला रोमान्टिक
काठमाडौं, पुस १२ : नाजिर हुसेन र सुशीला थापाको अभिनय रहेको गीत ‘पिरती’ सार्वजनिक भएको छ।यसमा गायक सुमन केसी र गायिका मेलिना राईको...काठमाडौं, पुस १२ : नाजिर हुसेन र सुशीला थापाको अभिनय रहेको गीत ‘पिरती’ सार्वजनिक भएको छ।
यसमा गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको छ। अम्बिका गुरुङका शब्दमा दीपक शर्माको संगीत भरेका हुन्।
यस गीतको म्युजिक भिडियोमा नाजिर र सुशीला रोमान्टिक देखिएका छन्।
म्युजिक भिडियोका निर्देशन निकेश खड्काले गरेका हुन्। सुवोल थापाको कोरियोग्राफी रहेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन्।
प्रकाशित मिति: १४:१७ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












