चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुल्ने
काठमाडौं, पुस १० : गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालनमा आउने भएका छन् ।हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि...
काठमाडौं, पुस १० : गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालनमा आउने भएका छन् ।
हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि सिनेमा खुला गर्ने भएका हुन् । नेपाल चलचित्र संघले सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।
तर सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्न लागेका हुन् ।
हल सञ्चालन हुने भएपछि बिहीबार सरसफाइ गरिएको छ । आजबाट दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ प्रदर्शन गरिने छ ।
प्रकाशित मिति: ०७:५० बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












