Kathmandu Press

उपेन्द्र यादवको ‘बेइज्जती’ गरेको भन्दै एभिन्यूज कार्यालयमा तोडफोड

वीरगञ्ज, वैशाख ३० : युवाकाे एक समूहले एभिन्यूज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड गरेकाे छ। 

एभिन्यूज टेलिभिजनको एक अन्तर्वार्ता....

 उपेन्द्र यादवको ‘बेइज्जती’ गरेको भन्दै एभिन्यूज कार्यालयमा तोडफोड

वीरगञ्ज, वैशाख ३० : युवाकाे एक समूहले एभिन्यूज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड गरेकाे छ। 

एभिन्यूज टेलिभिजनको एक अन्तर्वार्तामा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मानमर्दन गरिएको भन्दै उनको पार्टीका कार्यकर्ताले तोडफोड गरेको जनाएकाे छ।  सोमबार दिउँसो २ बजेतिर आएको सात–आठ जनाको समूहले कार्यालयमा तोडफोड गरेको एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए।

उनका अनुसार उनीहरू अनुहार छोपेर आएका थिए। लठ्ठी बोकेर आएका उनीहरूले ढोका र झ्यालका सिसा फुटालेका छन भने ब्यानर च्यातेका छन्।  एभिन्यूज टेलिभिजनको अन्तर्वार्तामा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवको मानमर्दन गरेको भन्दै उनीहरुले तोडफोड गरेको श्रेष्ठले बताए।

आइतबार एभिन्यूजको अन्तर्वार्तामा प्रस्तोता शुशील पाण्डेयले अपमान गरेको उनीहरूको भनाइ थियो। प्रस्तोता पाण्डेयले ‘जान सक्नुहुन्छ’ भनेपछि मन्त्री यादव अन्तर्वार्ता छाेडेर हिडेका थिए।

यस्तो थियो अन्तर्वार्ता विवाद :

 

 

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, वैशाख ३०, २०७६