Kathmandu Press

क्रिसमसमा आउँदै सारा र वरुणको 'कुली नं. १'

काठमाडौं, पुस ९ : बलिउड अभिनेत्री सारा अली खान र अभिनेता वरुण धवनको नयाँ फिल्म 'कुली नं. १' क्रिसमसमा रिलिज हुन लागेको छ।यस...
क्रिसमसमा आउँदै सारा र वरुणको 'कुली नं. १'

काठमाडौं, पुस ९ : बलिउड अभिनेत्री सारा अली खान र अभिनेता वरुण धवनको नयाँ फिल्म 'कुली नं. १' क्रिसमसमा रिलिज हुन लागेको छ।

यस फिल्मको निर्देशन डेविड धवनले गरेका हुन्। यो गोविन्दाको स्न १९९५ मा आएको फिल्म 'कुली नं. १' को रिमेक हो।

सन् १९९५ मा 'कुली नं. १' मा गोविन्दासँगै करिश्मा कपूर, काँदर खान र शक्ति कपूरले अभिनय गरेका थिए।

सारा र वरुणको अभिनय रहेको यो फिल्म २५ डिसेम्बरमा अनलाईन रिलिज हुन लागेको हो। कोरोनाका कारण यसलाई अमेजम प्राइममा रिलिज गरिँदै छ।

यसमा सारा र वरुणसँगै राजपाल यादव र परेश रावलको पनि मुख्य भूमिका रहेको छ। त्यस्तै, जावेद जाफरी, जानी लिवर, शिखा तलसानिया पनि यसमा देखिनेछन्।

 

 

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, पुस ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्