Kathmandu Press

एक सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, पुस ९ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ। प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको...
एक सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, पुस ९ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ। प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको छ। तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो। चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोवार भएको थियो। चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्