बैतडीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
बैतडी, पुस ९ : बैतडीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुई जनाको अवथा गम्भीर...
बैतडी, पुस ९ : बैतडीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुई जनाको अवथा गम्भीर रहेको छ।
धनगढीबाट बझाङको बित्थडतर्फ गइरहेको से १ ज ८४३ नम्बरको बोलेरो आज बिहान बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा दुर्घटना भएके हो। दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का चालक २७ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ४० वर्षीय गंगादत्त भट्ट र ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ। उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको छ।
दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बोलेरोमा चार जना सवार थिए। हुस्सु लागिरहेकाले मोडमा गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।











