Kathmandu Press

ओली सरकारसँग चुनाव गराउने क्षमता छैन : लक्ष्मणलाल कर्ण 

काठमाडौं,  पुस ८ : जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत...
ओली सरकारसँग चुनाव गराउने क्षमता छैन : लक्ष्मणलाल कर्ण 

काठमाडौं,  पुस ८ : जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्वीकार्य भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको बताए।  उनले भने,‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन। यो रकम काट्न मिल्दैन। प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो।’

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्ने र जाने नौलो कुरा नभएको बताए। ‘आफ्नो पद धरापमा पर्यो भन्दैमा यस्तो गलत कदम चाल्ने ? यो त संविधानको विरोधी भावना हो। उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ। अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ। आफूसँग बहुमत छ भने फेस गर्नुपर्छ। तर, उहाँले संसद विघटन गर्न पाउनुहुन्न। दर्ता भैसकेको अविश्वासको प्रस्तावलाई फेस गर्नुपर्छ,’उनले भने।

उनले संसद विघटन गैरसंवैधानिक रहेको बताए। उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे। 
 

प्रकाशित मिति: ०१:०७ बजे, बिहीबार, पुस ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्