Kathmandu Press

प्रचण्ड-माधव समूहको नेकपा आधिकारिक : पोखरेल 

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं विघटित प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल...
प्रचण्ड-माधव समूहको नेकपा आधिकारिक : पोखरेल 

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं विघटित प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको दाबी गरे।

प्रचण्ड-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाइ छ। उनले को सँग बहुमत छ ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्न सक्ने जिकिर गरे।

पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाइएकाले अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको बताए। उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए। 
 

प्रकाशित मिति: ००:३७ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्