Kathmandu Press

बेलायतबाट नेपाल आएका व्यक्तिलाई १० दिन क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, पुस ८ : सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
बेलायतबाट नेपाल आएका व्यक्तिलाई १० दिन क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालय।

काठमाडौं, पुस ८ : सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन्। उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न उनले अनुरोध गरेका छन्।

उनले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताए। मन्त्रालयका प्रवक्ता डा गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पीसीआर परीक्षण गराउनसमेत अनुरोध गरेका छन्। 

मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ। नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार ९७९ जनामा संक्रमण, दुई लाख ४६ हजार ६६१ जना निको र एक हजार ८०३ को संक्रमणबाट मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: ००:३० बजे, बिहीबार, पुस ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्