उपत्यकामा थपिए कोरोनाका ३१८ जना संक्रमित
काठमाडौं, पुस ८ : काठमाडौं उपत्यकामा बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौंमा २५० जना, ललितपुर र भक्तपुरमा ३४र३४ जना...
काठमाडौं, पुस ८ : काठमाडौं उपत्यकामा बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंमा २५० जना, ललितपुर र भक्तपुरमा ३४/३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ११८ महिला र २०० जना पुरुष रहेका छन्।
त्यस्तै, देशभर बुधबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको
छ।
यो अवधिमा ९५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:४४ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











