Kathmandu Press

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय नाघ्यो

काठमाडौं, पुस ८ : नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। बुधबार देशभर पाँच जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान...
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय नाघ्यो

काठमाडौं, पुस ८ : नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। 

बुधबार देशभर पाँच जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, बुधबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ। 

यो अवधिमा ९५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। 
निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२:३१ बजे, बुधबार, पुस ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्