Kathmandu Press

अन्तिम बलमा मुम्बईलाई आईपीएल उपाधि

काठमाडौं, वैशाख ३० : अन्तिम बलमा चेन्नेईका शार्दुल ठाकुरलाई एलबीडब्लूको धरापमा पार्दै मुम्बईले चौथो पटक आईपीएल उपाधि जितेको छ।

हैदरावादको रा....

अन्तिम बलमा मुम्बईलाई आईपीएल उपाधि
एजेन्सी

काठमाडौं, वैशाख ३० : अन्तिम बलमा चेन्नेईका शार्दुल ठाकुरलाई एलबीडब्लूको धरापमा पार्दै मुम्बईले चौथो पटक आईपीएल उपाधि जितेको छ।

हैदरावादको राजीव गान्धी इन्टरनेसनल स्टेडियममा आइतबार राति भएको फाइनलमा चेन्नेईलाई अन्तिम ओभरमा नौ रन आवश्यक थियो। सेन वाटसन र रवीन्द्र जडेजा क्रिचमा थिए।

लसिथ मलिंगाको पहिलो हलबमा वाटसनले एक रन लिए भने दोस्रो बलमा जेडजाले पनि एक रिन लिए। तेस्रो बलमा दुई रन दगुरेका वाट्सन चौथो बलमा पनि दुई रन लिन खोज्दा रन आउट भए।

दुई बलमा चार रन आवश्यक भएको बेला क्रिजमा आएका शार्दुल ठाकुरले पाँचौ बलमा दुई रन बटुले। अन्तिम बलमा चेन्नेईलाई जितका लागि दुई रन आवश्यक थियो।

तर, लसिथ मलिंगाले अन्तिम बल ‘योर्कर’ हाले, जुन ब्याटमा नलागेर ठाकुरको प्याडमा लाग्यो। मलिंगाको अपिलसँगै इम्पाइरले चोर औंला उठाउँदै एलबीडब्लू आउट दिए।

पहिलो इनिङको पाँच ओभरदेखि चेन्नेईकै कब्जामा रहेको फाइनल खेल अन्तिम बलमा बद्लिएको थियो। एक रनले जित हासिल गर्दै मुम्बई चौथो पटक आईपीएल उपाधि जित्न सफल भयो।

टस जितेर ब्याटिङ गरेको मुम्बईले राम्रो सुरुआत गरेको थियो। ओपनरद्वय क्विन्टन डिकक र रोहित शर्माले चार ओभरमा ४० रन बनाएका थिए। चौथो ओभरको पाँचौ बलमा डिकक र पाँचौ ओभरको दोस्रो बलमै रोहित आउट भएपछि मुम्बईको पारी धरमराएको थियो।

मुम्बईका लागि किरोन पोलार्ड २५ बलमा ४१ रन बाहेक अरुले राम्रोसँग खेल्न सकेनन्। मुम्बई आठ विकेट गुमाएर एक सय ४९ रनमै समेटिएको थियो।

चेन्नेईका लागि दीपक चहरले तीन, शार्दुल ठाकुर र इम्रान तहिरले दुई/दुई विकेट लिए।

एक सय ५० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको चेन्नेइले पनि राम्रो सुरुआत गरेको थियो। ओपनरद्वय सेन वाटसनले ५९ बलमा ८० र फाफ डुप्लेसीले १३ बलमा २६ रन बनाए भने ड्वेन ब्राभोले १५ बनाए।

अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। र चेन्नेई सात विकेटको क्षतिमा एक सय १८ रन मात्रै बनाउन सक्यो।

मुम्बईका लागि जस्प्रित बुम्राहले दुई, हार्दिक पाण्ड्या, लसिथ मलिंगा, राहुल चहरले एक/एक विकेट लिए।

 

 

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, वैशाख ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्