Kathmandu Press

नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस ८ : नेपालमा बुधबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५५९ जनामा गरिएकाे परीक्षणमा ७४३ जनामा संक्रमण...
नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस ८ : नेपालमा बुधबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५५९ जनामा गरिएकाे परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये २७९ महिला र ४६४ पुरुष रहेका छन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै, यो अवधिमा ९५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। 
 

प्रकाशित मिति: २२:२३ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्