Kathmandu Press

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा 

काठमाडौं, पुस ८  : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन होस् वा चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन...
राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा 

काठमाडौं, पुस ८  : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन होस् वा चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। 

बुधबार काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएकाले राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरेका हुन्। 

अहिलेको संकटको सिर्जना कम्युनिष्ट र कांग्रेसबाट भएकाले ती दलहरुबाट अब निकास सम्भब नभएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे। 

कार्यक्रममा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस र कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको बताए। राजसंस्था र हिन्दुराष्ट्रलाई पुनर्स्थापना गर्न सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको समेत राणाको भनाइ छ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसदको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको फैसला कुर्नुपर्ने बताए। 

कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पुस १७ गते काठमाडौंमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए।
 

प्रकाशित मिति: २०:५२ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्