९०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, पुस ८ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९००...
काठमाडौं, पुस ८ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो। प्रतितोला ९०० रुपैयाँले आज ओरालो लागि ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ। यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३१५ रुपैयाँमा मंगलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोवार भएको छ।
प्रकाशित मिति: १८:२७ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
