Kathmandu Press

कलाकार सुन्दर लामाको ‘एकालाप’ भर्चुअलमा

काठमाडौं, पुस ८ : कोभिड–१९ को संक्रमणसँगै चित्रकला भर्चुअलमार्फत प्रदर्शन भइरहेको छ। यसै क्रममा कलाकार सुन्दर लामाको ‘एकालाप’ चित्रकला क्लासिक ग्यालरीकाे युट्युव च्यानलमा...
कलाकार सुन्दर लामाको ‘एकालाप’ भर्चुअलमा

काठमाडौं, पुस ८ : कोभिड–१९ को संक्रमणसँगै चित्रकला भर्चुअलमार्फत प्रदर्शन भइरहेको छ। यसै क्रममा कलाकार सुन्दर लामाको ‘एकालाप’ चित्रकला क्लासिक ग्यालरीकाे युट्युव च्यानलमा देख्न सकिन्छ ।  

चित्रकलामा उनले समाजको विविद पक्षलाई उठान गरेका छन्।  २६ सिरिजमा रहेको यस चित्रकलामा सामाजिक, सांस्कृतिक तथा व्यक्तिगत भावहरु देख्न सकिन्छ।

Hardik ivf

सांस्कृतिक रुपमा हनुमानढोकामा देखाइने मजिपा लाखे र उनले मान्दै आएका पद्म गुरु रिम्पुचेलाई आफ्ना कलामा उतारेका छन्। एक कलाकारलाई बाह्य कुराले भन्दा पनि उसका अन्तर मनमा मार्ने छालहरु आफ्नो काममा देखिने कलाकार सुन्दर बताउँछन्।  

उनका चित्रमा शारीरिक रुपमा आफूले चाहेको ठाउँमा पुग्न नसके पनि कल्पनामा हरेक ठाउँमा पुगेका छन्। यर्थाथमा मानिसलाई विविद् आयामले बाँधिएका हुन्छन्, तर उनले स्वतन्त्रताको भावलाई साँढेसँग तुलना गरेका छन्।  

क्लासिक ग्यालरीको युट्युब च्यानलमा हेर्न सकिने एकल चित्रकला प्रदर्शनीमा डिसेम्बर २० तारेखदेखि सुरु भएको हो । जसमा कलाकार तीर्थ निरौला, प्रमिला ब्रजचार्य कला प्रर्दशनी भइसेको छ।

जनवरी २० तारेखसम्म चल्ने यस प्रर्दशनीमा कलाकार सरिता ढंगोल र रविता केसीको कलाकारिता पनि देख्न पाइन्छ।

 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, पुस ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्