Kathmandu Press

संसद् विघटन संविधान सम्मत छैन :  सिंह

काठमाडौं, पुस ७ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको दाबी गरेका छन्।कटुञ्जे घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत...
संसद् विघटन संविधान सम्मत छैन :  सिंह

काठमाडौं, पुस ७ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको दाबी गरेका छन्।

कटुञ्जे घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत समितिद्वारा आयोजित शालिक अनावरण तथा सम्मान कार्यक्रममा उनले संविधानले व्यवस्था गरेको प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने विशेषाधिकार नभएको जिकीर गरे।  

नेता सिंहले बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद् विघटन हुन नसक्ने तर्क गरे।

‘प्रधानमन्त्रीको पक्षमा बहुमत छ कि छैन भन्ने परीक्षण नै भएको छैन, संसदीय प्रक्रियाका सम्पूर्ण विकल्पमा जाँदा पनि सरकार गठन हुन सकेन भन्ने अवस्थामा बाहेक अन्य अवस्थामा संसद् विघटन गर्न पाइँदैन, सबै विकल्प सकिएपछि मात्रै संसद् विघटन भएर ताजा जनमतमा जान सकिन्छ,’ उनले भने।
 

प्रकाशित मिति: ०१:२८ बजे, बुधबार, पुस ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्