Kathmandu Press

राष्ट्रसंघ स्वेच्छिक कोषको सल्लाहकारमा सुनुवार

काठमाडौं, पुस ७ : नेपाली सञ्चारकर्मी देवकुमार सुनुवार आदिवासीका लागि संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित स्वेच्छिक कोषको सल्लाहकार समूहका सदस्यमा मनोनित भएका छन् ।राष्ट्रसंघका महासचिव...
राष्ट्रसंघ स्वेच्छिक कोषको सल्लाहकारमा सुनुवार

काठमाडौं, पुस ७ : नेपाली सञ्चारकर्मी देवकुमार सुनुवार आदिवासीका लागि संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित स्वेच्छिक कोषको सल्लाहकार समूहका सदस्यमा मनोनित भएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एसिया–प्रशान्त क्षेत्रका आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने गरी सुनुवारलाई यो कोषको सल्लाहकार समूहमा मनोनयन गरेका हुन् ।

सुनुवारको कार्यकाल तीन वर्षको ९जनवरी २०२१–डिसेम्बर २०२३० हुनेछ । यो अवधिमा उनी सम्मिलित सल्लाहकार समूहले यो कोषलाई के प्रयोजनमा कसरी खर्च गर्ने भन्ने विषयमा राष्ट्रसंघका महासचिवलाई परामर्श दिनेछन् ।

आदिवासी–जनजातिको राजनीतिक, आर्थिक एवं सामाजिक–साँस्कृतिक अधिकारका विषयमा राष्ट्रसंघभित्र हुने विभिन्न सभा, छलफल एवं वैठकमा आदिवासी जनजाति संघ–सङ्गठन एवं समुदायका प्रतिनिधिको सहज पहुँच होस् भन्ने उद्देश्यले सन् १९८५ मा यो कोषको स्थापना गरिएको थियो ।

कोषले राष्ट्रसंघीय सभा–सम्मेलनमा भाग लिने जाने आदिवासी–जनजातिका प्रतिनिधिहरूलाई आर्थिक सहयोग प्रदान गर्छ ।

यो कोषको सल्लाहकार समूहमा मनोनित हुने सुनुवार दोस्रो नेपाली हुन् । यसअघि आदिवासी जनजातिको मानवअधिकारको पक्षमा वकालत गर्दै आएका अधिवक्ता शंकर लिम्बू कोषका सल्लाहकार नियुक्त भएका थिए ।

नेपालका आदिवासी जनजातिको पहिलो सामुदायिक टेलिभिजन (इन्डिजिनियस् टेलिभिजन) का संस्थापक  सुनुवारले स्वीजरल्यान्डको जेनेभास्थित मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको मुख्य कार्यालयमा फेलोको रुपमा सन् २०१० मा आदिवासीहरूको मानव अधिकारसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् । आदिवासीहरूको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको निकायहरूसँग निकट भई काम गरेका सुनुवार आदिवासीहरूको क्षेत्रमा संयुक्त राष्ट्रसंघले गरेको कार्यहरूबारे जानकार छन् ।

उनी संयुक्त राज्य अमेरिकाको बोस्टनस्थित कल्चरल सर्भाइभल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एसिया र प्रशान्त क्षेत्रको संयोजकको रुपमा कार्यरत छन् । सुनुवारले सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इण्डिजिनियस मिडिया ककसको नेतृत्व गर्दै आएका छन् । उनले संयुक्त राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले संचालन गरेको सञ्चारमाध्यमलाई सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघभित्र स्थान उपलब्ध गराउन योगदान पुर्याउँदै आइरहेका छन् ।

सुनुवारले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारस राजनीतिशास्त्रस आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । सुनुवार हाल काठमाडौं स्कुल अफ लमा अन्तर्राष्ट्रिय कानून अध्यापन गर्दछन् । आदिवासी पत्रकारिताको क्षेत्रमा उनले विगत १५ वर्षदेखि कलम चलाउँदै आइरहेका छन् ।

प्रकाशित मिति: ००:३२ बजे, बुधबार, पुस ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्