पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको...
काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकले पूर्वसभामुख महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘स्थायी कमिटीमा रिक्त रहेको एक सदस्यमा कमरेड महरालाई मनोनीत गर्ने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको छ,’ उनले भने।
प्रकाशित मिति: ००:२९ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











