Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३६५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३६५ जना कोरोना संक्रमित

काठमाडौं,  पुस ७ : काठमाडौं उपत्यकामा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा २३ र ललितपुरमा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, मंगलबार नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने अहिलेसम्म २ लाख ४५ हजार ७०९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको छ। 
 

प्रकाशित मिति: २२:२२ बजे, मंगलबार, पुस ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्