Kathmandu Press

नगरपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि प्रेसर कुकर बम फेला

काठमाडौं, पुस ७ : सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि प्रेसर कुकर बम भेटिएको छ। मंगलबार बिहान कार्यालय सरसफाइ गर्ने क्रममा अधिकृतको...
नगरपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि प्रेसर कुकर बम फेला

काठमाडौं, पुस ७ : सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि प्रेसर कुकर बम भेटिएको छ। 

मंगलबार बिहान कार्यालय सरसफाइ गर्ने क्रममा अधिकृतको कार्यकक्षको गेट नजिकै बम भेटाएको हो। कालो ब्यागमा प्रेसर कुकुर बम भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको छ। बम निश्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२:१३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्