Kathmandu Press

अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडौं, पुस ७ : युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई राजदूतमा नियुक्त गरेकी हुन्,नेपालको संविधानको...
अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडौं, पुस ७ : युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई राजदूतमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनइएको छ।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रकाशित मिति: २२:०२ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्