Kathmandu Press

आईपीएल खेलेर फर्किएका सन्दिपले भने–धेरै कुरा सिक्ने मौका पाएँ

काठमाडौं, वैशाख २९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन्। 

आईपीएल खेलेर फर्किएका सन्दिपले भने–धेरै कुरा सिक्ने मौका पाएँ

काठमाडौं, वैशाख २९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन्। 

एयर इन्डियाको विमानमार्फत सन्दिप आइतबार साँझ स्वदेश फकिएका हुन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लामिछानेले आफ्ना लागि आईपीएल अघिल्लो संस्करणभन्दा धेरै उपलब्धिपूर्ण भएको बताए। ‘अघिल्लो संस्करणमा तीन वटा खेलमा मौका पाएको थिएँ। यो पटक ६ खेले र धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले भने।

उनले प्रधानमन्त्री कप क्रिकेट नखेल्ने बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालय इन्टरनेशनलको आयोजनामा प्रधानमन्त्री कप जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ। 

सन्दिपले भारतमा जारी १२ औं संस्करणको आईपीएल दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन खेलेका हुन्।  सन्दिपले दिल्लीबाट यो संस्करणको आईपीएलमा ६ खेल खेल्दै ८ विकेट लिन सफल भएका थिए।

फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा सन्दिपको टिम दिल्ली महेन्द्रसिंह धोनीको चेन्नई सुपर किङ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।  

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, वैशाख २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्