नायो खि संरक्षणका लागि खड्गी महोत्सव
काठमाडौं, माघ १० :नायो खि, अर्थात् नाइके बाजा । नायोको अर्थ नाइके र खिको अर्थ बाजा । नेवार समुदायभित्र पर्ने खड्गी जातिको नायो खि न....

काठमाडौं, माघ १० :नायो खि, अर्थात् नाइके बाजा । नायोको अर्थ नाइके र खिको अर्थ बाजा । नेवार समुदायभित्र पर्ने खड्गी जातिको नायो खि नेपालकै एक महत्वपूर्ण साँस्कृतिक सम्पदा हो ।
नेवारी समुदायमा हुने हरेक जात्राको शुरुवात खड्गी जातिको नायो खि बाजाबाटै हुन्छ । तर, यो प्रचलन अहिले हराउँदै गएको छ । नायो खि बाजा पनि लोप हुने क्रममा छ ।
जुन बेला सञ्चारमाध्यम थिएन, त्यो बेला राज्यको निर्णय र निर्देशनहरू नेवारी समुदायसम्म पु¥याउने जिम्मा खड्गीहरुकै थियो । उनीहरू नायो खि बजाउँदै सूचना प्रवाह गर्थे । कट्वालजस्तै । यो कट्वाल–प्रथाजस्तो चलनलाई नेवारी भाषामा नायो खि चोयकिगु भनिन्छ ।
तर, अचेल यो कामको लागि खड्गीहरुको आवश्यकतै पर्दैन ।
.jpg)
नायो खि बाजा जोगाउन र आफ्नो गुमेको पहिचान खोज्न खड्गीहरूले आजदेखि काठमाडौंमा पहिलो खड्गी महोत्सवको आयोजना गरेका छन् । यो महोत्सव तीन दिन (१०–१२, माघ) सम्म चल्नेछ । महोत्सवको आयोजना नेपाल राष्ट्रिय खड्गी समाजले गरेको हो ।
खड्गी समाजका अध्यक्ष नन्दकिशोर शाही भन्छन्, “नायो खिको संरक्षणमा न हाम्रो ध्यान पुग्यो, न राज्यको । यसैले, यो बाजा लोप हुने क्रममा छ । यसैको जगेर्ना गर्न पहिचानसहितको खड्गी महोत्सव गर्न लागेका हौँ ।”
काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका खड्गीहरुको ¥यालीबाट सुरु भएको महोत्सवको विशेष आकर्षण हो, नायो खि बाजा । तीन जिल्लाका ४४ स्थानका खड्गीहरूले भोलि टुँडिखेलमा नायो खि बजाउँदैछन् ।
महोत्सवमा नेवारी परिकारका स्टल राखिएका छन् । विभिन्न ब्यान्डको प्रस्तुति र नेवारी साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिँदैछ । यो महोत्सवमार्फत् खड्गीहरु आफ्नो धार्मिक, राजनीतिक र सामाजिक पहिचान खोज्न जागृत भएको बताउँछन् । साथै, खड्गीहरु अहिले आफ्नो वंशावली पनि लेख्ने तयारीमा जुटेका छन् ।
ईतिहासकारले खड्गीको फरक पहिचान दिएको र खड्गीहरुको वास्तविक पहिचान स्थापित गर्न वंशावली लेख्न लागिएको अध्यक्ष शाही बताउँछन् ।
खड्गीहरू कसाई हुन् भन्ने आम मान्यता छ । यो मान्यता चिर्न पनि महोत्सव गर्न लागिएको उनले बताए । यो महोत्सव अब हरेक वर्ष आयोजना गरिने उनले बताए ।












