नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने
काठमाडौं, पुस ७ : नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ।नविल बैंक सञ्चालक समितिको ५५२औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई...
काठमाडौं, पुस ७ : नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ।
नविल बैंक सञ्चालक समितिको ५५२औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने निर्णय गरेको जनाएको छ।
कोभिड १९ का कारण बैंकले नगद लाभांसलाई प्राथमिकतामा नराखी पुँजी बृद्धिका लागि बोनस सेयर दिएको हो। व्यवसाय विस्तारका लागि पुँजी आवश्यक परेकाले पनि बोनस सेयरमा जोड दिएको जनाएको छ।
नविल बैंकको अहिले चुक्तापुँजी १० अर्ब नौ करोड छ। बोनस सेयरपछि बैंकको चुक्तापुँजी १३ अर्ब ४७ करोड पुग्नेछ।
त्यस्तै, जगेडा कोषमा बैंकको १६ अर्ब ८७ करोड रुपैयाँ छ। यो लाभांस साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीहरूले पाउनेछन्।
प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
