‘आँखैमा गाजल’मा रोमान्टिक नाजिर र सम्पदा
काठमाडौं, पुस ७ : नयाँ प्रेम गीत ‘आँखैमा गाजल’मा नाजिर हुसेन र सम्पदा बानियाँ रोमान्टिक देखिएका छन्।गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना...काठमाडौं, पुस ७ : नयाँ प्रेम गीत ‘आँखैमा गाजल’मा नाजिर हुसेन र सम्पदा बानियाँ रोमान्टिक देखिएका छन्।
गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको स्वर रहेको गीत ‘आँखैमा गाजल’मा नाजिर र सम्पदाको जोडी जमेको छ। केदारकै शब्द तथा संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
यसको म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन्। राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको गीत सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












