Kathmandu Press

३०० ले घट्यो सुनको मूल्य

काठमाडौं, पुस ७ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ। छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार...
३०० ले घट्यो सुनको मूल्य

काठमाडौं, पुस ७ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ। छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ। छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा सोमबार कारोवार भएको थियो।

यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ।

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्