Kathmandu Press

प्रचण्डतिरै फर्किए हरिबोल गजुरेल

काठमाडौं, पुस ७ : नेकपा नेता हरिबोल गजुरेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहतिरै फर्किएका छन्।पूर्वमाओवादी नेता गजुरेल केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको...
प्रचण्डतिरै फर्किए हरिबोल गजुरेल

काठमाडौं, पुस ७ : नेकपा नेता हरिबोल गजुरेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहतिरै फर्किएका छन्।

पूर्वमाओवादी नेता गजुरेल केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ दिँदै आएका थिए। पार्टी फुटको संघारमा पुगेपछि उनी प्रचण्ड समूहतिरै फकिएका हुन्।

उनी सोमबार प्रचण्ड र ओली समूहले बोलाएको बैठकमा सहभागी भएका थिएनन्। आज बिहान बालुवाटारमा सुरु भएको ओली समूहका केन्द्रीय सदस्यको बैठकमा पनि उनी सहभागी भएका छैनन्।

आजै मध्याह्न १ बजे बस्ने प्रचण्ड तथा माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने जनाएको छ। उनले ओलीको कदम संविधानविपरित भएको भन्दै विरोध जनाएका छन्।

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, पुस ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्