Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- नेकपाको अध्यक्ष म हो, मैले बोलाएको बैठकमात्रै आधिकारिक हुन्छ

काठमाडौं, पुस ६ :  प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक...
प्रधानमन्त्री ओलीले भने- नेकपाको अध्यक्ष म हो, मैले बोलाएको बैठकमात्रै आधिकारिक हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, पुस ६ :  प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन्। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताएको जानकारी दिए। सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि आग्रह  गरे। 

अध्यक्ष ओलीले पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मंगलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
 

प्रकाशित मिति: ०१:४९ बजे, मंगलबार, पुस ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्