Kathmandu Press

बामदेव गौतमले भने- पार्टी फुटको घोषणा गर्न मात्रै बाँकी रहेका भेलामा सहभागी हुन्न

‘केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्। ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्। म फुटको साक्षी बस्न सक्दिनँ,’ गौतमले भनेका छन्।
बामदेव गौतमले भने- पार्टी फुटको घोषणा गर्न मात्रै बाँकी रहेका भेलामा सहभागी हुन्न

काठमाडौं, पुस ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी फुटको घोषणा मात्रै गर्न बाँकी रहेका कुनै पनि बैठक र भेलामा आफू सहभागी नहुने बताएका छन्।
 
सोमबार विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले आफू फेरि पनि पार्टी एकताको पक्षमा रहेकाले अर्को निर्णय नहुँदासम्म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहेने बताएका छन्। 

‘केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्। ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्। म फुटको साक्षी बस्न सक्दिनँ। म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु,’ उनले भनेका छन्। 

उनले संसद भंगको गैरसंवैधानिक कदमको विरोध भने आफूले गरिरहने बताएका छन्। ‘संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु। तर, दुवैतिरका भेलामा मेरो उपस्थिति हुँदैन। मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ,’ उनले भनेका छन्।
 

प्रकाशित मिति: २३:२८ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्