Kathmandu Press

निर्माणाधीन भवनको पाँच तलाबाट खसेर मजदुरको मृत्यु

काठमाडौं, पुस ६ : काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा सिन्धुली घर भई सोही...
निर्माणाधीन भवनको पाँच तलाबाट खसेर मजदुरको मृत्यु

काठमाडौं, पुस ६ : काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ। निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि उनलाई चाबहिलस्थित मेडिकियर अस्पतालमा लगिएको थियो। 

उनलाई अस्पताल पुर्याउदा अस्पतालले मृत घोषणा गरिसकेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए। मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्