Kathmandu Press

स्वस्तिमाको नयाँ फिल्म ‘चिसो मान्छे’को सुटिङ फागुनमा

काठमाडौं, पुस ६ : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छेको सुटिङ फागुनदेखि हुने भएको छ।दीपेन्द्र के. खनालको निर्देशन रहने यस...
स्वस्तिमाको नयाँ फिल्म ‘चिसो मान्छे’को सुटिङ फागुनमा

काठमाडौं, पुस ६ : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छेको सुटिङ फागुनदेखि हुने भएको छ।

दीपेन्द्र के. खनालको निर्देशन रहने यस फिल्ममा स्वस्तिमासँगै अर्पण थापाको मुख्य भूमिका रहनेछ। फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन्।

यसको कथा निर्देशक खनालले नै लेखेका हुन्। यसको छायाँकन पनि निर्देशन दीपेन्द्रले गर्दैछन्। यसअघि ‘आमा’को छायाँकन निर्देशन पनि उनले नै गरेका थिए।

यसको छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने भएको छ। यसको प्रदर्शन आगामि भदौ ११ गते हने जनाएको छ।

प्रकाशित मिति: १९:११ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्