Kathmandu Press

पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क

चितवन, पुस ६ : सरकारले कोरोना परीक्षणमा दुई हजार मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले...
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क

चितवन, पुस ६ : सरकारले कोरोना परीक्षणमा दुई हजार मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार रुपैयाँ लिएको पाइएको छ। 

कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरे। उनका अनुसार यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ। सो अस्पतालले परीक्षण शुल्क दुई हजार ४०० रुपैयाँ लिने हुँदा आफूहरुले यातायात शुल्कसहित तीन हजार रुपैयाँ लिएको स्वीकार गरे। 

हाल भने अस्पतालले ४०० रुपैयाँ थप गरेर परीक्षण गराउँदै आएको उनको दाबी छ। यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पीसीआर परीक्षण हुँदै आएको छ। प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताए। 

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा ५०० रुपैयाँ बढी लिएको भन्दै मुद्दा चलाएको छ। कलेजका प्रतिनिधिले १८ लाख रुपैयाँ र क्यान्सर अस्पतालका प्रमुखले आठ लाख रुपैयाँ धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए।

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्