Kathmandu Press

टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेर युवकको मृत्यु

दाङ, पुस ६ : टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर दाङका एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका...
टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेर युवकको मृत्यु

दाङ, पुस ६ : टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर दाङका एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको आज बिहान मृत्यु भएको हो। उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी टिकटक बनाउने क्रममा शनिबार दिउँसो बबई गाउँपालिका ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट खसेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो।

 

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्