Kathmandu Press

उकालो लाग्यो पहेँलो धातुको मूल्य

काठमाडौं, पुस ६ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ।  छापावाला सुन आज प्रतितोला ९५ हजार २०० रुपैयाँमा...
उकालो लाग्यो पहेँलो धातुको मूल्य

काठमाडौं, पुस ६ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ।  छापावाला सुन आज प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ। छापावाला सुन आइतबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोला ८५० रुपैयाँले वृद्धि भएको छ। तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सो धातु आइतबार प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। चाँदी प्रतितोला आज एक हजार ३२० रुपैयाँमा कारोवार भएको छ। आइतबार सो धातु एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो। 

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्