Kathmandu Press

तेल किनेरै नौ महिनामा बाहिरियो पौने दुई खर्ब

काठमाडौँ, वैशाख २९ :  चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक खर्ब ८२ अर्ब ४३ करोड ८६ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। तर, न....

तेल किनेरै नौ महिनामा बाहिरियो पौने दुई खर्ब

काठमाडौँ, वैशाख २९ :  चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक खर्ब ८२ अर्ब ४३ करोड ८६ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। तर, निर्यात भने १० लाख ३१ हजार मात्र गरिएको छ। 

भन्सार विभागले सार्वजानिक गरेको तथ्यांकअनुसार पेट्रोलियम पदार्थममा भारतसँगको व्यापार घाटा एक खर्ब ८२ अर्ब ४३ करोड ७६ लाख १७ हजार रुपैयाँ पुगेको छ।

भारतबाट सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थ हुने गरेको छ। पेट्रोलियम पदार्थबाट सरकारले भने ४७ अर्ब ३९ करोड ३६ लाख ५५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ।

नौ महिनामा भएको आयात तथा निर्यात।

नेपाल आयल निगमले आयात गर्ने पेट्रोलियम पदार्थमा पेट्रोल, डिजेल, मट्टितेल, ग्याँस रहेका छन्। सवारी साधानको प्रयोगकर्ता बढेसँगै पछिल्लो समय तेल आयात बढ्दो क्रममा रहेको छ।

देशभर हाल ३० लाखभन्दा बढी सवारी साधन रहेका छन्। जसमा २३ लाखभन्दा बढी दुई पांग्रे सवारी साधन प्रयोगमा रहेका छन्।

यता विकास निर्माणले तिव्रता पाएसँगै हेभी मेसिन, डोजर, लोडर, क्रेनलगायतको आयात पनि बढ्दो क्रममा रहेको छ।

 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, वैशाख २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्