Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३९१ जना कोरोना संक्रमित 

काठमाडौं, पुस ५ : काठमाडौं उपत्यकामा आइतबार थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा...
काठमाडौं उपत्यकामा थपिए ३९१ जना कोरोना संक्रमित 

काठमाडौं, पुस ५ : काठमाडौं उपत्यकामा आइतबार थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा आइतबार ३९१ जना कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये काठमाडौं जिल्लामा २९४, ललितपुरमा ७७ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर आइतबार ७३६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: २२:०५ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्