Kathmandu Press

क्रिस इभान्ससँगै हलिउड फिल्ममा धनुष

काठमाडौं, पुस ३ : दक्षिण भारतीय फिल्मका अभिनेता धनुष अब हलिउड फिल्ममा देखिने भएका छन्।प्रख्यात हलिउड फिल्म 'एभेन्जस एडगेम'का निर्देशक रुसो ब्रदर्सको नयाँ...
क्रिस इभान्ससँगै हलिउड फिल्ममा धनुष

काठमाडौं, पुस ३ : दक्षिण भारतीय फिल्मका अभिनेता धनुष अब हलिउड फिल्ममा देखिने भएका छन्।

प्रख्यात हलिउड फिल्म 'एभेन्जस एडगेम'का निर्देशक रुसो ब्रदर्सको नयाँ फिल्म 'द ग्रे म्यान'मा धनुष खेल्न लागेका छन्।

यस फिल्ममा 'क्याप्टन अमेरिका'को नामले चर्चित हलिउड अभिनेता क्रिस इवान्ससँगै धनुष पनि देखिनेछन्। यो फिल्ममा क्रिससँगै अभिनेत्री रयान गास्लिङको पनि मूख्य भूमिका रहने जनाएको छ।

यो फिल्ममा धनुष खेल्न लागेको घोषणा गरिएको छ। धनुषसँगै जेसिका हेनविक, बैगनर मौरा र जुलिया बटर्स पनि यो फिल्ममा देखिनेछन्।

यो फिल्म करिब दुई सय मिलियन डलरमा बन्न लागेको जनाएको छ। सन् २००९ मा प्रकाशित मार्क ग्रेनको उपन्यास द ग्रे म्यानमा आधारित भएर फिल्म बन्न लागेको हो।

 

प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्